धरहरा भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ

145Views
0 Shares

काठमाडौं । धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ् सेवा उपलब्ध हुने भएको छ । काठमाडौं महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्छन्, ‘यसअघि काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ् सेवा उपलब्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौं ।’

पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । सहिद गेटबाट नयाँ सडक जाँदा गएको दशैंदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लवहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । संरचनागत रुपमा उक्त ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
38°
Sunny
5:28 am7:01 pm +0545
Feels like: 43°C
Wind: 8km/h SSW
Humidity: 35%
Pressure: 1008.81mbar
UV index: 11
1 pm2 pm3 pm4 pm5 pm
40°C
40°C
40°C
40°C
39°C
ThuFriSatSunMon
42°C / 25°C
43°C / 26°C
43°C / 28°C
42°C / 27°C
42°C / 27°C

प्रिय न्युज


लोकप्रिय