दोस्रो दिन चोलेन्द्र जबराको बयान जारी
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौ । भदौ १६ गते
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान जारी छ । सिंहदरवारमा महाअभियोग सिफारिस समिति बैठकमा उनको बयान सुरु भएको हो । बुधबारबाट सुरु गरिएको उनको बयान बिहीबार पनि जारी रहेको हो ।
समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये बुधबार २ वटा प्रश्न सोधिएको थियो । गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए ।
प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो । बुधबारको बयानमा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि