Trending

दोलखा प्रदेश सभा क्षेत्र नम्बर १ बाट कांग्रेसका कुन्दराज काफ्ले विजयी

955Views
0 Shares


काठमाडौं, १९ मंसिर । दोलखा प्रदेश सभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । काफ्लेले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश सभा १ बाट भने नेकपा एमालेका भरत केसी निर्वाचित भएका छन् ।काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । २०६० सालमा पशुपति क्याम्पस स्ववियू सभापति बनेका काफ्ले २०६१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बने । त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले २०७३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय