• Home
  • राजनीति
  • देश बदल्ने हो भने युवाले हस्तक्षेपकारी भूमिका बढाउनुपर्छ –सूर्य पाठक
Image

देश बदल्ने हो भने युवाले हस्तक्षेपकारी भूमिका बढाउनुपर्छ –सूर्य पाठक


काठमाडौं, २० कात्तिक । नेकपा एमालेका नेता डा.सूर्य पाठकले युवा नेतृत्व चाहिन्छ भन्नेहरूले नै ८० वर्ष उमेर कटेकालाई पनि भोट माग्ने गरेको भन्दै कटाक्ष गरेका छन् । नेता पाठक बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार हुन । नेता पाठकले बेलायतमा ४२ वर्षीय युवा प्रधानमन्त्री भएकामा खुसियाली बनाउँदै सामाजिक सञ्जालमा लेख्नेहरुले नै फेरि नेपालको हकमा भने ८० वर्षको उमेरका व्यक्तिलाई भोट माग्ने गरेको भन्दै कटाक्ष गरेका हुन । आज बागलुङको तम्रागमा आयोजित चुनावी सभामा बोल्दै राजनीतिमा युवा सहभागिता चाहने हो भने व्यवहारमा पनि सोही अनुसार हुनुपर्ने बताएका छन् ।

उनले देश बदल्ने हो भने युवाले हस्तक्षेपकारी भूमिका बढाउनुपर्ने बताएका छन् । उनले यसका लागि अलिकति गतिशील तथा दृष्टिकोण राख्नसक्ने खालका व्यक्तिहरु चाहिनेमा जोड दिएका छन् ।उनले मध्यपहाडी लोकमार्ग समयमा नबन्दा तम्राग क्षेत्रका जनताले निकै सास्ती भोग्नुपरेकोप्रति आफू जानकार रहेको बताए । आफू सांसद हुँदादेखि नै मध्यपहाडी लोकमार्ग निर्माणका लागि पहल गरेको तर ठेकदारको लापरबाहीले काम हुन नसकेको बताए । यो समस्या समाधानका लागि कडा कानुन ल्याउन आफूले पहल गर्ने उनको भनाइ छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *