Trending

देशमा सुशासन कायम गर्न एमालेको सरकार आवश्यक– अच्युत मैनाली

900Views
0 Shares


काठमाडौं, ३१ असोज । बारा–१ बाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट उम्मेदवारी दिएका अच्युत मैनालीले देशमा सुशासन कायम गर्न आगामी ४ मंसिरको निर्वाचनबाट एमालेलाई विजयी गराएर उसैको नेतृत्वको सरकार गठन हुनुपर्ने बताएका छन् ।

निजगढमा आइतवार आयोजित एमाले बारा–१ क्षेत्रीय कमिटीको बैठकमा मैनालीले यस्तो बताएका हुन् । एमाले पोलिटब्यूरो सदस्य समेत रहेका मैनालीले गठबन्धन सरकारले दलाल पुँजीपति वर्गको हितमा काम गरेको आरोप लगाउँदै चालू आर्थिक वर्षको बजेट समेत उनीहरूकै निर्देशनमा तयार पारेको बताए । उनले आगामी निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी तुल्याउन सबै कार्यकर्ता र मतदाता एकजुट भएर अघि बढनुपर्ने पनि बताए ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेलले केही कमीकमजोरीका बाबजुद एमाले देशको सबैभन्दा असल पार्टी रहेको दाबी गरे । उनले जनताले पनि यो कुरा मनन गर्नुपर्ने र आगामी निर्वाचनमा एमाले उम्मेदवारहरुलाई विजयी तुल्याउनु पर्ने बताए ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य त्रिलोकी चौधरी, प्रतिनिधिसभामा समानुपातिकतर्फको उम्मेदवार अन्जु नेपाली र प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार केवल चौधरी लगायतले बोलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय