Trending

देशभर सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीको विवरण सङ्कलन गर्नुहोस् –गृहमन्त्री लामिछाने

985Views
0 Shares


काठमाडौ, पुस २५ गते । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभर सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीको विवरण मागेका छन् । गृहमन्त्री लामिछानेले युनिट इन्चार्जहरूले उनीहरूलाई दुरुपयोग गर्ने गरेको सूचना आएपछि उनीहरूको विवरण सङ्कलन गर्न आदेश दिएका हुन । सूचना सङ्कलन गर्न र अपराध अनुसन्धानका लागी प्रहरीमा बर्दी बिनाका प्रहरी परिचालन गरिँदै आएको छ । ‘सिभिल’मा खटिने प्रहरी पहुँचको आधारमा लामो समय एकै ठाउँमा बस्ने गरेका छन् ।

गृह मन्त्रालयले सशस्त्र प्रहरीमा सूचना सङ्कलन गर्न खटिने सुरक्षाकर्मीको पनि विवरण मागेको छ । सशस्त्रको इन्टेलिजेन्स ब्युरो मातहत सूचना संकलनका लागि सशस्त्रका प्रहरी कर्मचारी खटिने गरेका छन् ।नेपाल प्रहरीमा चाहिँ जिल्ला र युनिट इन्चार्जहरूले आफूखुसी सादा पोसाकमा प्रहरी परिचालन गर्ने गरेका छन् । जिल्ला इन्चार्ज र युनिट प्रमुखको स्वार्थमा ‘घुमुवा’हरुले काम गर्ने गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय