Trending

देशको भविष्य उज्जवल बनाउन मतदाताले योग्य व्यक्तिको चयन गरौं –प्रकाशमान सिंह

905Views
0 Shares


काठमाडौं, २४ कात्तिक । देशको भविष्यलाई उज्जवल बनाउनका लागि मतदाताले योग्य व्यक्तिको चयन गर्नुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाई छ । आज नेपाली कांग्रेसका संस्थापक नेता स्व.गणेशमान सिंहको १०८औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न मंसिर ४ गतेको निर्वाचनमा जनताले चुनेर पठाएका प्रतिनिधिहरूले संविधानसभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताएका छन्।

आज कांग्रेस संस्थापक नेता सिंहको विभिन्न कार्यक्रम गरेर देशभर १०८औँ जन्मजयन्ती मनाइँदै छ।नेता सिंहले कार्यक्रममा गणेशमान सिंहले गरेका कामहरुको चर्चा गरी आजको दिनमा पनि उहाँका कामहरूलाई व्यवहारमा उतार्न आवश्यकता रहेको बताएका छन्।

त्यस्तै आसन्न निर्वाचनमा सबै मतदाताले आफ्नो मतदानको अधिकारलाई सदुपयोग गर्न नेता सिंहले आग्रह समेत गरेका छन् । उनले आगामी मंसिर ४ गतेको निर्वाचन जनताले चुनेर पठाएका प्रतिनिधिहरूले संविधानसभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्न चाहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय