• Home
  • अर्थ
  • दिनभरको उतारचढावपछि सेयर बजारमा करेक्सन
Image

दिनभरको उतारचढावपछि सेयर बजारमा करेक्सन

१३ पुस, काठमाडौं । नयाँ सरकार गठनपछि लगातार दुई दिन बढेको सेयर बजारमा बुधबार करेक्सन आएको छ । यद्दपी यस दिन दिनभर नै बजारमा उतारचढाव देखियो । अन्त्यमा बजार ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा आएर रोकियो । बुधबार कारोबार रकम समेत खुम्चिएर ०.६० प्रतिशतको करेक्सन आएको हो । कुल २५७ वटा धितोपत्रको ३९ हजार ६६० कारोबारबाट ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच भएको छ । जसको कारोबार मूल्य २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ रहेको छ ।

बुधबार अधिकांश उपसूचकहरु राताम्य रहे । वित्त, जलविद्युत, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र नन लाइफ इन्स्योरेन्स उपसूचक भने हरियो देखिए । बुधबार सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र द्यौलागिरि लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त, सृजनशील लघुवित्तको समेत सर्किट लेबलमा कारोबार भएको छ ।बुधबार सबैभन्दा धेरै माहुली लघुवित्तका लगानीकर्ताले गुमाए । यसको मूल्य ५.२० प्रतिशतले घट्यो । अजोड इन्स्योरेन्स, सामुदायिक लघुवित्त, नाडेप लघुवित्तको समेत मूल्य धेरैले घटेको छ । नविल बैंक, रिडी हाइड्रो, अपर तामाकोसीसहितका कम्पनी धेरै कारोबार हुनेमा परेका छन् ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni २ हप्ता अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *