Trending

दक्षिण कोरियामा भागदौड हुँदा १४९ जनाको मृत्यु, विश्व नेताद्वारा शोक व्यक्त

900Views
0 Shares

सियोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १ सय ५१ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएपछि विश्व नेताहरूले शोक प्रकट गरेका छन् । राजधानीको साँघुरो गल्लीहरूमा हेलोवीन मनाइरहँदा हजारौंको सहभागी थियो । सहभागीमध्ये अधिकांश युवा र विद्यार्थी थिए । 

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै पीडितको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

भारतीय विदेशमन्त्री एस जय शंकरले उक्त घटनाबाट आफू स्तब्ध भएको बताउँदै शोकमा परेको दक्षिण कोरियासँग भारतको ऐक्यबद्धता रहेको बताएका छन् ।

राजधानी सिउलमा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको थियो । 
सयौँपसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख मानिसको भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय