• Home
  • समाचार
  • थाइल्यान्डतर्फ ‘माइक अप’ सेमिफाइनलका लागि पर्साकी स्वरा झा र सारा श्रेष्ठ प्रस्थान
Image

थाइल्यान्डतर्फ ‘माइक अप’ सेमिफाइनलका लागि पर्साकी स्वरा झा र सारा श्रेष्ठ प्रस्थान

वीरगञ्ज – वीरगञ्जस्थित प्याब्सन पर्सा सदस्य विद्यालय गौतम स्कुलकी स्वरा झा र नेशनल इन्फोटेक कलेजकी सारा श्रेष्ठ प्रतिष्ठित ‘माइक अप’ अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता को सेमिफाइनल चरणमा प्रतिस्पर्धा गर्न बुधबार थाइल्यान्ड प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्याब्सन पर्साका जिल्ला कार्यसमिति सदस्य सुशील केसीले दुवै छात्रालाई ढाका टोपी र नेपालको झण्डा ओढाएर सफलताको शुभकामना दिदैँ बिदाई गरे । त्यस्तै, गौतम स्कुलका शिक्षक एल्बिन रेन्जरलाई पनि खादा ओढाएर सम्मानपूर्वक बिदाई गरिएको थियो ।

नेपालमा सम्पन्न प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गरेका उनीहरूले थाइल्यान्डको बैंककमा भदौ ११ देखि १५ गतेसम्म हुने सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । उत्कृष्ट प्रदर्शन गर्न सफल भएमा उनीहरूले चीनमा हुने फाइनल चरणमा सहभागी हुने अवसर पाउनेछन् ।

सारा श्रेष्ठ वीरगञ्ज–३ निवासी राजबहादुर श्रेष्ठ र सिता थापाकी छोरी हुन् र हाल नेशनल इन्फोटेक कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । त्यस्तै, वीरगञ्ज–१२ निवासी रविन्द्र झा र अनामिका झाकी छोरी स्वरा झा गौतम स्कुलको कक्षा ९ मा अध्ययनरत छिन् ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *