• Home
  • खेलकुद
  • तेस्रो टी २० क्रिकेटः दोस्रो सुपर ओभरमा अफगानिस्तानमाथि भारतको जित
Image

तेस्रो टी २० क्रिकेटः दोस्रो सुपर ओभरमा अफगानिस्तानमाथि भारतको जित

काठमाडौं । अफगानिस्तानविरुद्धको तेस्रो टी २० क्रिकेटमा भारतले दोस्रो सुपर ओभरमा खेल जितेको छ । बुधबार राति भएको खेलमा भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्सका कारण अफगानिस्तानलाई २१३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो ।
यो ठूलो लक्ष्यको जवाफमा अफगानिस्तानको टोली खेल बराबरी गर्न सफल भयो ।

दुई टोलीबीच सुपर ओभर खेलिएको थियो जुन बराबरीमा टुंगिएको थियो । यसपछि दोस्रो सुपर ओभरमा भारतले १० रनले खेल जित्दै सिरिज पनि क्लीनस्वीप गर्न सफल भयो ।टस जितेर ब्याटिङ गर्न आएको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो । यशस्वी जैसवालले ४ रन, शिवम दुबेले १ रनमा आउट हुँदा विराट कोहली र सञ्जु सामसनले पहिलो बलमै विकेट गुमाए । भारतले २२ रनमा ४ विकेट गुमाएको थियो । तर, रोहित शर्मा र रिंकु सिंहले १९० रनको बलियो साझेदारी गरे ।

रोहित शर्माले ६९ बलमा ११ चौका र ८ छक्का सहित १२१ रनको नटआउट पारि खेल्दा,रिंकु सिंहले ३९ बलमा ६९ रनको उत्कृष्ट इनिङ खेले । उनले २ चौका र ६ छक्का प्रहार गरे । अफगानिस्तानका लागि फरीद अहमद मलिकले सर्वाधिक ३ विकेट लिए भने अजमातुल्लाह ओमरजाईले १ विकेट लिए ।

२१३ रनको विशाल लक्ष्य पछ्याएको पाहुना टोलीका ओपनिङ ब्याट्सम्यानले ९३ रनको आक्रामक सुरुवात गरेका थिए । रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले ५०–५० रनको उत्कृष्ट पारी खेले । तर अन्तिम ओभरमा गुलबदिन नाइबले २३ बलमा ४ छक्का र ४ चौकाको मद्दतले खेल बराबरीमा टुंग्याए । नाइबले अन्तिम ओभरमा १८ रन बनाएर खेल बराबरीमा ल्याएका थिए ।
पहिलो सुपर ओभर

खेल बराबरी भएपछि सुपर ओभरको खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १ ओभरमा १६ रन बनाएको थियो । पहिलो सुपर ओभरमा ब्याटिङ गर्नका लागि गुलावद्दिन नइब र रमनुल्लाह गुर्वाज क्रिजमा आएका थिए । भारतका मुकेश कुमारले बलिङ गरे । पहिलो बलमै गुर्बाज १ रन बनाएर रनआउट भए ।

दोस्रो बलमा मोहमद नावीले १ रन बनाए । तेस्रो बलमा गुर्बाजले चार रन जोडेका थिए । चौथो बलमा १ रन गुर्वाजले जोडे । पाँचौं बलमा नाबीले छक्का प्रहार गर्दै टिमको स्कोर १३ रन बनाएका थिए । अन्तिम बलमा ३ रन बाइबाट आएपछि अफगानिस्तानले पहिलो सुपर ओभरमा १ विकेट गुमाएर १६ रन बनाएको थियो ।

जवाफमा भारतका रोहित शर्मा र यशस्वी जैसवाल ब्याटिङमा आए । अफगानिस्तानका अज्मतुल्लाहले बलिङ गरे । भारतका रोहितले पहिलो बल फेस गर्दा १ रन लेगवाइका रुपमा आएको थियो । दोस्रो बलमा जैसवलाले १ रन बनाए । तेस्रो र चौथो बलमा रोहितले लगातार २ छक्का प्रहार गरेपछि ४ बलमा १४ रन बनेको थियो ।

२ बलमा ३ रन आवश्यक परेका बेला पाँचौं बल रोहितले फेस गर्दै १ रन बनाएर र उनी रिटार्यड हट भएका थिए । अन्तिम बल जैयसवालले फेस गर्दा जितका लागि १ बलमा २ रन आवश्यक थियो । तर उनले १ रनमात्रै बनाएपछि पहिलो सुपर ओभर पनि १६ रनको बराबरीमा टुंग्यिो ।

दोस्रो सुपर ओभर
पहिलो सुपर ओभरमा बराबरी भएपछि दोस्रो सुपर ओभरमा भारतका तर्फबाट रोहित शर्मा र रिंकु सिंह फेरि ब्याटिङ गर्न मैदानमा आए । रोहितले पहिलो दुई बलमा एक छक्का र एक चौका प्रहार गरे । तेस्रो बलमा १ रन बनाएपछि स्ट्राइकमा आएका रिंकु सिंह चौथो बलमा आउट भए । पाँचौं बल रोहितले फेस गर्दा उनी पनि आउट भएपछि भारतको स्कोर ११ रनमा रोकियो ।

जवाफमा अफगानिस्तानका मोहम्मद नावी पहिलो बलमै आउट भए । दोस्रो बलमा करिम जन्नतले १ रन बनाए । तेस्रो बलमा गुर्वाज पनि आउट भएपछि अफगानिस्तानले १ नमात्रै बनाउँदा अन्ततः भारत दोस्रो सुपर ओभरमा जित निकाल्न सफल भयो ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *