• Home
  • Uncategorized
  • ताइवानलाई चीनबाट अलग बनाउने अभिव्यक्ति निन्दनीय : नेमकिपा
Image

ताइवानलाई चीनबाट अलग बनाउने अभिव्यक्ति निन्दनीय : नेमकिपा

भक्तपुर, १८ साउन

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने अमेरिकाको धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेको छ । नेपकिपाले जारी गरेको विज्ञप्तिमा यस्तो कार्य सन् १९७१ मा गरिएको संयुक्त राष्ट्रसङ्घको २५७८ घोषणा विपरित हुने जनाएको छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले बुधबार विज्ञप्ति जारी गरी अमेरिका स्वयंले विगतमा  ‘एक चीन नीति’लाई स्वीकार गरे र अहिले ‘चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग’ बनाउने अभिव्यक्ति दिनु गलत भएको जनाएका छन् । यस्तो साम्राज्यवादी आक्रामक नीतिको नेमकिपाले निन्दा गर्ने उल्लेख छ । यो कार्य विभिन्न कालखण्डमा चीन–अमेरिकाबीच भएका अन्य सम्झौताको मर्मविपरित भएको पनि पार्टीले जनाएको छ ।

अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारेको छ । चीन घेर्ने नीतिअन्तर्गत हिन्द–प्रशान्त रणनीति, एमसीसी, काण्ड, अउकस आदि नीति र संगठन निर्माण गरी क्षेत्रीय शान्ति तथा विश्वशान्ति खल्बल्याउने कार्य गरिरहेको विज्ञप्तिमा भनिएको छ । चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तेजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध ‘शित युद्ध’ को अभ्यास गर्ने कार्य गर्दै आएको नेमकिपाको आरोप छ । 

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *