• Home
  • राजनीति
  • ​​​​​​​डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ–प्रकाश मान सिंह
Image

​​​​​​​डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ–प्रकाश मान सिंह

काठमाडौं ,९ असोज ।
नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले मुलुकमा डेंगु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् ।

आज राजधानीको रत्नराज्य विद्यालयको बिज्ञना प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । नेता सिंहले जनस्तरमा अनुभुत हुने गरि काम गर्न सरकारको ध्यानाकर्षण गर्दै डेंगो नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न आग्रह गरेका छन् ।

बिरामीले सिटामोल पनि भनेको समयमा पाइदैन भन्ने गुनासो गरेकोले सरकारलाई गम्भीर बन्न पनि उनले अपिल गरेका थिए । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न उनले आग्रह गरेका छन् ।

फरक प्रसंगमा बोल्दै उनले मुलुकमा संकटको निकासको लागि कांग्रेसले अवसर पाउदा जिम्मेवारी बहन गरेको बताए । अवसर पाउँदा कुन दलले के गरेको छ, त्यसको लेखाजोखा जनताले राख्नु पर्ने उनले जनाए ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *