• Home
  • समाचार
  • डेँगुबाट जोगाउन भक्तपुरमा निकालियो सचेतना र्‍याली
Image

डेँगुबाट जोगाउन भक्तपुरमा निकालियो सचेतना र्‍याली


काठमाडौं, भदौ २६ गते
महामारीको रूपमा फैलिरहेको डेँगु रोग नियन्त्रणका लागि विभिन्न संस्थाले शनिबार भक्तपुरमा सचेतना र्‍याली निकालेका छन् । नेपाल स्काउट बागमती प्रदेश, भक्तपुर नगरपालिका, स्थानीय स्काउट समितिको आयोजनामा शनिबार सचेतना र्‍याली निकालिएको हो ।

र्‍यालीमा स्थानीय स्काउट पदाधिकारी, प्रदेश, स्काउट लिडर, राष्ट्रिय प्रशिक्षक, रोभर, रेन्जरहरूका साथै भक्तपुर नगरभित्रका दुई सय ९० जना स्काउट छात्रछात्राको सहभागिता रहेको थियो ।

र्‍याली भक्तपुर स्काउट भवनबाट सुरु भएको थियो । र्‍यालीले नगर परिक्रमा गरेको थियो । र्‍याली दरबारस्कायर, चोछे, भोलाछेँ, सूर्यमढी, तचपाल, इनाचो, गोल्मढी पुगेको थियो । त्यहाँबाट पुनः सुकुलढोका, टौमढी, नासमना, तेखाचो, ईटाछेँ हुँदै पुनःदरबारस्कायरमै विसर्जन भएको थियो ।र्‍यालीमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट उपलब्ध गरिएको डेँगी रोगबाट बच्न गर्नुपर्ने उपाय उपचारबारेमा उल्लेखित पर्चा वितरण गरिएको थियो ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *