टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
पुर्वमन्त्री रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै
काठमाडौं, १ जेठ । नेकपा (एमाले) का सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानिलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए । उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
पक्राउ पछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं, लैजान लागिएको हो ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि