• Home
  • Uncategorized
  • ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुला
Image

ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुला

काठमाडौं, १८ साउन

चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड ०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डको टाइटल स्पोन्सर राइड सेयरिङ एप साहारा एपले गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा छ । म्युजिक अवार्डमा ०७८ सालभरीमा बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्ड निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।

अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाका कलाकर्मीहरूले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिए । 
साहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ७ दिन अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni १ हप्ता अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni १ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *