काठमाडौँ — गायक जगेश ठाकुरको स्वर र मोडल नगेन्द्र सिरिस मगर ( नबिन ) र एलिशा क्षेत्रीको अभिनय रहेको गीत जलपरी सार्वजनिक भएको छ ।
यस गीतमा शब्द संगीत बिनोद ढकाल स्वयम् आफैले रचना गरेका हुन् । क्यामेरामेन तथा भिडियो सम्पादक अजय वाईबाको रहेको छ, भने रेकर्डिङ मेगा म्यूजिक स्टुडियोमा गरिएको थियो । सो म्यूजीक भिडियो निखिल बि .क ( डिआडी ) द्धारा निर्देशक रहेको थियो भने ड्रोन शूटमा रमेस लामिछानेले भरपुर साथ दिएका थिए । यसमा मेकअप आर्टिस्ट सुबि सिरिस मगरको राम्रो भूमिका रहयो । त्यस्तै गेष्ट एक्टरको रुपमा आगमन भएका बिजय कृष्ण’ले म्यूजीक भिडियो अब्बल भूमिका निभाएको देख्न पाईन्छ ।
जोरास फिल्म प्रालिको पहिलो प्रस्तुति रहेको यस गितको प्रायोजक अवर्डेड ईन्टरनेशनल एजुकेशन चितवन शाखा, युटुब नेपाल र फ्युचर डान्स नेपाल रहेको छ भने बेलायत बाट प्रकाशित मिडिया पार्टन ईभरेस्ट टाईम’ले प्रचारको मुख्य भूमिका रहेको छ ।












