जेन जी संयोजक सुदन गुरुङ र पर्सा युवाबीच भेटघाट, विकास र नेतृत्वबारे विस्तृत छलफल
By Birgunj
५ महिना अगाडि
Comments: 0
वीरगंज – जेन जी नेपालका संयोजक सुदन गुरुङ र जेन जी पर्साका संयोजक विशेष साहसहित पर्साका विभिन्न वडाहरू तथा पालिकामा सक्रिय युवा नेतृत्वबीच आज वीरगंजमा विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पर्साको युवा नेतृत्व, सामाजिक मुद्दा तथा आगामी संगठनात्मक योजनाबारे विस्तृत छलफल गरिएको जेन जी पर्साले जनाएको छ।
भेटघाट अघि टोलीले वीरगंजस्थित ऐतिहासिक माईस्थान मन्दिरमा पूजा–पाठ गर्दै देश, प्रदेश र युवाको उज्ज्वल भविष्यको कामना गरेका हुन्। कार्यक्रममा अभियन्ता रणधीर वर्णावाल, राजा गुप्ता, अजीत सिंह, अमर सराफ, आँशु सिंह, सागर सर्राफ र रिशु वर्मासहितको टोली सहभागी थियो।
भेलाबाट युवाको भूमिकालाई अझ सशक्त बनाउने, पर्साको विकासका मुद्दालाई प्राथमिकता दिने र जेन जी युवाहरू एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि