Trending

जुम्लामा स्याउ महोत्सव हुँदै

860Views
0 Shares


काठमाडौं, भदौ २५ गते
जुम्लामा स्याउ महोत्सव हुुने भएको छ । जुम्लाको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको स्याउको बजारीकरणका यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पुग्ने आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताए । महोत्सवले उत्पादनको बजार विस्तारका साथै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ । दुई दिने महोत्सवमा विभिन्न प्रजातिका स्याउका साथै स्याउका परिकार राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महोत्सवमा जुम्लामा उत्पादन हुने रेड र गोल्डेन डेलिसियस जातका स्याउका पनि परिकार विशेष आकर्षणका रूपमा रहने आयोजकको दाबी छ । सोही अवसरमा स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ । जुम्ला हुने स्याउ महोत्सवमा गायक प्रकाश सपुत आउने बताइएको छ । यसअघि २०७५ मा पनि पहिलो महोत्सव गरिएको थियो । २०७६मा दोस्रो स्याउ महोत्सव भएको थियो । दुई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय