• Home
  • समाचार
  • जिल्ला अस्पतालकै एक्सरे सेवा बन्द, सेवाग्राही मारमा
Image

जिल्ला अस्पतालकै एक्सरे सेवा बन्द, सेवाग्राही मारमा

 काठमाडौं, २६ मंसिर । जिल्ला अस्पताल खोटाङको एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफरहरू नहुँदा अस्पतालको एक्सरे सेवा बन्द भएको हो ।

कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक जना बाबुको उपचारका सिलसिलामा भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्सरे सेवा बन्द गरेकाे जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए । जिल्ला अस्पतालले आइतबार २५ देखि २९ मंसिरसम्मका लागि एक्सरे सेवा बन्द गरिएको सूचना जारी गरेको थियो । 

जिल्ला अस्पतालमा सरदर दैनिक ६० जनाको एक्सरे हुने गरेको छ । एक्सरे गर्न आएका बिरामी अन्यत्र गइरहेका छन् । एक्सरेकै कारण कतिपय बिरामी दिक्तेलकै फेमिली केयर अस्पतालमा गइरहेका छन् । एक्सरे गर्न जिल्ला अस्पताल पुग्दा १ पुसमा आउन भनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका कम्पसेर राईले बताए । 

बाबुको उपचारमा एक जना रेडियोग्राफर भारत गएपछि १५-२० दिनदेखि एक्लै काम गर्दैआएका रेडियोग्राफर पनि बिदामा बसे । त्यसपछि एक्सरे सेवा बन्द भएको हो । वैकल्पिक व्यवस्थाका लागि केहि रेडियोग्राफरलाई बोलाएकाे भए पनि जिल्ला अस्पतालको एक्सरे मेसिन चलाउन नजानेको अस्पतालका निमित्त प्रमुख डा. यादवले बताए । एक्सरे सेवालाई नियमित गराउनका लागि पहल भइरहेको छ ।

जिल्ला अस्पतालको एक्सरे सेवा बन्द भएको जनगुनासो आएपछि सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईको टोलीले जिल्ला अस्पताल पुगेर समस्याका बारेमा जानकारी लिएका छन् । 

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *