• Home
  • राजनीति
  • जरिवाना मिनाहा गरिदिन माग गर्दै बालेनद्वारा निर्वाचन आयोगमा निवेदन पेश
Image

जरिवाना मिनाहा गरिदिन माग गर्दै बालेनद्वारा निर्वाचन आयोगमा निवेदन पेश


काठमाडौं, २८ मंसिर । जरिवाना मिनाहा गरिदिन माग गर्दै निर्वाचन आयोगमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले निवेदन दिएका छन् । निर्धारित समयमै निर्वाचन खर्च नबुझाएको भन्दै आयोगले जरिवाना तोकेपछि उनले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख शाहले ११ असोजमा जरिवाना मिनाहा गर्न निवेदन दिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जरिवाना मिनाहाका लागि निवेदन आएको तर उहाँको आग्रह निर्वाचन आयोगको क्षेत्राधिकारबाहिरको विषय भएको बताएका छन् । उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णायार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ । जिल्ला निर्वाचन कार्यालय, काठमाडौंको अभिलेखबमोजिम शाहले १२ असारमा खर्च विवरण बुझाएका थिए ।

१२ जेठमा काठमाडौं महानगरपालिकाको प्रमुख पदको नतिजा सार्वजनिक भएको थियो । त्यसअघि शाहले सामाजिक सञ्जालमा निर्वाचन खर्च विवरण आयोगले तोकेको ढाँचामा नै सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचनमा कुल तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । मेयर शाहले फोहोर व्यवस्थापनमा व्यस्त भएकोले खर्च विवरण बुझाउन नसकेको पनि निवेदनमा उल्लेख गरेका छन् ।

बालेनले आयोगले तोकेको समयसीमाभित्रै असार ६ गते खर्च विवरण सार्वजनिक गरेका थिए । खर्च विवरण सार्वजनिक गरे पनि निर्वाचन कार्यालयमा भने बुझाएका थिएनन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *