• Home
  • राजनीति
  • जबराको धङधङीः सर्वोच्च अदालतमा फेरि सुरक्षा कडा
Image

जबराको धङधङीः सर्वोच्च अदालतमा फेरि सुरक्षा कडा


काठमाडौं,४ असोज ।
आइतबार बिहान सर्वोच्च अदालत परिसरमा एक्कासि कानुन व्यवसायी जम्मा भए । वकिलहरू व्यापक भेला भएपछि सुरक्षाकर्मी पनि बढाइयो । अघिल्लो दिन राति निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत फर्कने तयारीमा रहेको भन्दै रजिस्ट्रारलाई फोन गरेपछि सोमबार बिहानैदेखि अदालत परिसरमा तनावको स्थिति उत्पन्न भयो ।

नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार इकाइले जबरा सर्वोच्च आए भित्र पस्न अवरोध गर्ने चेतावनी दिए । बारले त यसअघि नै जबरालाई सर्वोच्चमा अवरोध गर्ने निर्णय नै गरिसकेको छ । जबराले आफू ११ बजे सर्वोच्च आउने डेडलाइन नै मिडियालाई बताएपछि सुरक्षा व्यवस्था कडा बनाइयो ।

प्रतिनिधिसभाको कार्यकाल सकिएलगत्तै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय भएको र आफूले सफाइ पाएको उनको जिकिर थियो । तर पाँचदलीय गठबन्धनले भने जबरामाथि लागेको महाअभियोग नयाँ संसद्लाई कार्यभार दिने सिफारिस गरेपछि उनले संसदबाट निलम्बन फुकुवा पाउन सकेका छैनन् । त्यसैले सरकारले जबरा निवासमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

जबराले आफू निवासमै नजरबन्दमा रहेको बताएपछि राजनीतिमा फेरि सनसनी फैलियो । उनको विषयमा नेपाली समाज नै दुई भागमा विभाजन भयो । तर, त्यस दिन जबरा सर्वोच्च फर्केनन् । सोमबार संविधान दिवस भएकाले सार्वजनिक बिदा थियो । तर, मंगलबार कार्यालय समय खुलेसँगै जबरा फेरि सर्वोच्च फर्कने चर्चा सुरु भएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको हो । वीर गोर्खाली अभियान, एमाले निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन कडा पारिएको हो । जबकि सरकारले जबरालाई दिएको सुरक्षाकर्मी सबै फिर्ता बोलाइसकेको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *