• Home
  • राजनीति
  • जनमोर्चालाई समर्थन गर्दै विकले लिए उम्मेदवारी फिर्ता
Image

जनमोर्चालाई समर्थन गर्दै विकले लिए उम्मेदवारी फिर्ता

अर्घाखाँची, २७ असोज । नेकपा माओवादी केन्द्रबाट अर्घाखाँची प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका ठाकुरकुमार विकले उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएका नेता सागर केसीलाई समर्थन गर्दै विकले उम्मेदवारी फिर्ता गरेका हुन् । 

सत्ता गठबन्धनमा बाँडफाँट हुँदा अर्घाखाँची प्रदेशसभा क माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रको भागमा परेको भए पनि सो ठाउँ आफूले पाउनु पर्ने दाबी गर्दै जनमोर्चाले उम्मेदवारी दर्ता गराएको थियो । 

अर्घाखाँचीमा निर्णयक भनिएको जनमोर्चाले आफ्नो अडान कायमै राखेपछि केन्द्रको दबाबमा बिक उम्मेदवारी फिर्ता गर्न सहमत भएको माओवादी स्रोतले जनाएको छ । विकको उम्मेदवारी फिर्तासँगै अर्घाखाँचीमा प्रदेश सभा क को लागि एमालेका चेतनारायण आचार्य र जनमोर्चाका नेता सागर केसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

कांग्रेसको भागमा परेको अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छन् । एमालेका  केन्द्रीय सचिव टोपबहादुर रायमाझीले उम्मेदवारी दिएको यो क्षेत्रमा स्वतन्त्रबाट पत्रकार हरिप्रसाद भुसाल चुनावी मैदानमा छन् । 
 

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *