• Home
  • राजनीति
  • जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो छ– मेटमणि चौधरी
Image

जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो छ– मेटमणि चौधरी

काठमाडौं ,९ असोज ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले अहिले देशमा जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो रहेको बताएका छन् । थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘राजनीतिक दलहरु असफल भए । तिनका विचार, तिनका दृष्टिकोण कमजोर भए । अब पुराना दलहरुले जनताको समस्या हल गर्न सक्दैनन् । त्यसैकारणले जनताले आज विकल्प खोज्न थालेका छन् । फराकिलो सोंच भएका, समाजका समस्या पहिचान गर्न सक्ने, जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने र सबैलाई मिलाएर लान सक्ने नेताको खाँचो रहेको छ ।’

सीमान्तकृत जनजातीहरुलाई राज्यको मुल धारमा ल्याउन जरुरी रहेको बताउँदै सहरी मन्त्री चौधरीले दलहरुलाई गाली गरेर, नेतालाई गाली गरेर, दाजुभाइमा झगडा गरेर वा विभाजित भएर समस्या हल नहुने बताए । उनले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा समेत राखेका थिए ।

मन्त्री चौधरीले अबको दुनियाँमा जातीय कुरा गरेर कोही पनि नेता बन्न नसक्ने बताउँदै भने, ‘हिजो एउटा समय थियो, जहाँ एउटा रंगको मान्छे, एउटा डे«सको मान्छे अथवा जेठो छोरोले अथवा एउटा वंशले देश चाउथ्यो । तर अहिले समय निकै बदलिसकेको छ । अबको दुनियाँमा आपसमा लडाएर, जातीय कुरा गरेर, समाजलाई विभाजित गरेर कोही पनि नेता, सांसद वा मन्त्री बन्न सक्दैन । नेता बन्न त समाजका मुद्दा, समाजका समस्या बोक्नुपर्छ ।’

सरकारले नागरिकता नभएका लाखौँ जनताका समस्या हल गर्न नागरिकता विधेयक ल्याएको तर विविध कारणले अट्किएको बताउँदै मन्त्री चौधरीले उक्त विषय अदालत प्रवेश गरेकाले छिट्टै जनताको पक्षमा फैसला हुने आसा व्यक्त गरे ।

पूर्व मन्त्री पार्वत गुरुङले थामी जातीलाई अघि बढाउन सधैँ लागिपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न व्यक्तिहरुले आआफ्ना धारणा राखेका थिए ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *