Trending

जनताको नारा- बैतडीको धरोहर, २० वर्ष दामोदर

920Views
0 Shares

काठमाडौं, ९ मंसिर ।  तेस्राेपटक बैतडेली जनताबाट अनुमोदित भएका दामोदर भण्डारीको पक्षमा युवाहरुले विजयाेत्सव मनाएका छन् । करिब २ घण्टासम्म गीत गाउँदै नृत्य गरेका युवाहरुले ‘बैतडीको धरोहर, बीस वर्ष दामोदर’ भन्दै नारा लगाए । 

सांसद भण्डारीलाई जनताले आफ्नो अविभावक स्वीकारेको १० वर्ष पुुरा भइसकेको छ । थप पाँच वर्षे कार्यकाल पाएका भण्डारीले जनमतको अतिउच्च कदर गर्ने बताइरहँदा आगामी पाँच वर्षमा जनपक्षीय कामहरु गरेर देखाउनुपर्ने चुनौतीको खेप्नुपर्ने छ । 

भण्डारीले नेपाल-भारत सीमा नदी महाकालीमा मोटरेवल पुल निर्माण, फस्फोराईड खानी उत्खनन्, बैतडी स्थित प्राविधिक शिक्षालयहरूको स्तरोन्नति, सडकहरूको स्तरवृद्धि, सामुुदायिक कलेजहरूलाई आंगिक बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास गरि जनजीवन उकास्ने एजेण्डासहित चुनावमा प्रतिस्प्रधा गरेका थिए । 

भण्डारी चुनावका बेला विभिन्न समयमा बैतडीका हरेक ग्रामिण क्षेत्रमा पुुगेका छन् । जनताले शुद्ध खानेपानी, विद्युतको उपभोग गर्न पाएका छैनन् । जनताले आफूहरुको सहजताका लागि आफ्नो सांसदका तर्फबाट केही न केही भूमिका निर्वाह होस् भन्ने चाहेका छन् । 

चुनावी प्रचारका क्रममा भण्डारीले आफू तेस्राेपटक परीक्षा दिन आएको र पास गर्ने वा फेल गर्ने जनताकै हातमा रहेकाे बताएका थिए । उनलाई जनताले भारी मतान्तरले उत्तीर्ण गराइसके, अब उनले बैतडीकाे विकास र समृद्धिमा के-कस्ताे काम गर्नेछन्, त्यो आगामी पाँच वर्षले देखाउनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय