• Home
  • राजनीति
  • जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ– मन्त्री चौधरी
Image

जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ– मन्त्री चौधरी

काठमाडौं, ६ असोज ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् । जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खासगरि हिन्दु धर्ममा विश्वास गर्नेहरुको लागि यो पवित्र स्थल हो । यसको मौलिकता जोगाउँदै यस क्षेत्रलाई सौन्दर्यीकरण गर्न सके यस क्षेत्रले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ ।’ जनकपुरधाम नेपालमा मात्र नभई विश्वमै परिचित स्थल रहेको बताउँदै मन्त्री चौधरीले सहरी मन्त्रालयले यस क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने जनाए ।

‘तपाईंहरु फटाफट काममा जुट्नुस् । हामीले बजेटको निरन्तर व्यवस्था मिलाउने छौँ । बजेट अभावका कारण आयोजना रोकिने स्थिति आउने छ्रैन । काम निर्धारित समयभित्रै सक्नुस् । काम गर्दा गुणस्तरीयतामा कमि नहोस् । तपाईंहरुले पनि निरन्तर आयोजनाहरुको निगरानी गर्नुस्,’ उनले भने ।

यस आयोजना अन्तर्गत जलेश्वर–२ मा सांस्कृतिक सामुदायिक भवनको स्तरोन्नती, बोधिमाई मन्दिर परिसरमा घाट निर्माण, ट्रयाक स्तरोन्नती, जनकपुरधाम स्थित रामजानकी कुट्टीमा रहेको सांस्कृतिक भवन स्तरोन्नती, जनकपुरधाम–४ मा मिथिला परिक्रमा विश्राम भवन निर्माण, मिथिला बिहारी नगरपालिका कचुरीमा साँस्कृतिक भवन तथा विवाह मण्डप निर्माण, धनुषाधाम मन्दिर परिसरमा रहेको साँस्कृतिक भवनको स्तरोन्नती लगायतका योजनाहरु रहेका छन् । आयोजनाको कुल अनुमानित लागत १० करोड रुपैयाँ रहेको छ ।

त्यसैगरि सहरी मन्त्री चौधरीले जनकपुरधाम उपमहानगरपालिकामा सडक तथा नाला निर्माण कार्यक्रम अन्तर्गत दुर्गाचोक–रेल्वे ट्रयाक सडक खण्डमा सहरी सडक तथा नाला स्तरोन्नती कार्यको पनि शिलान्यास गरेका छन् । जस अन्तर्गत २।२ कि। मि। लम्बाईमा १६ मि। चौडा सहरी सडकको मापदण्ड अनुसार साइकल लेन, फुटपाथको व्यवस्था हुनेछ । दुवैतर्फ विरुवा रोपेर हरियाली कायम गरिने जनाइएकोछ । यस आयोजनाको अनुमानित लागत २० करोड रुपैयाँ रहेको छ ।

पूर्व राष्ट्रपति डा। रामबरण यादवसँग जनकपुर ओर्लेका मन्त्री चौधरी, डा। यादवले जनकपुर नगरपालिका–९ स्थित सरस्वती मावि परिसरको भौतिक पुर्वाधार सहित सडक नाला, पोखरी सौन्दर्यीकरण तथा वातावरण सुधार आयोजनाको शिलान्यास गर्ने कार्यक्रममा समेत सामेल भएका थिए ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *