• Home
  • खेलकुद
  • छैटौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा
Image

छैटौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा

भक्तपुर, ७ भदौ

भक्तपुरमा जारी छैठौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा पुगेका छन् । एभरेष्ट इंगलिस स्कुल मिवाछेँ ब्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलबाट सैनिक, ज्ञान निकेटन, युनिक, ज्ञान निकेटन, तिरुपति र इनोभेटिभले फाइनलय यात्रा तय गरेका हुन् ।

सिनियर ब्वाइजतर्फ सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरले हिमालय स्कुल काठमाडौं, ज्ञान निकेटन स्कुल काठमाडौंले इनोभेटिभ स्कुल काठमाडौंलाई हराएर फाइनल यात्रा तय गर्न सफल भएको हो । यस्तैं जुनियर ब्वाइजतर्फ ज्ञान निकेटनले न्यातापोल स्कुल भक्तपुर, युनिक स्कुल काठमाडौंले हिमालय स्कुल काठमाडौँलाई पराजित गरी फाइनलमा प्रवेश पाएको हो । गल्सतर्फ तिरुपतिले हिमालय र इनोभेटिभले सैनिकलाई हराएर फाइनलमा प्रवेश पाएको हो ।

प्रतियोगिताको फाइनल खेल भोलि मंगलबार हुनेछ । मंगलबारको फाइनल खेल सिनियर ब्वाइजतर्फ सैनिक र ज्ञान निकेटन, जुनियर ब्वाइजतर्फ ज्ञान निकेटन र युनिक र गर्ल्सतर्फ तिरुपति र इनोभेटिभबीच प्रतिस्पर्धा हुनेछ ।  

प्रतियोगितामा विजयी टिमहरूलाई भोलि मंगलबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ । आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले फ्रेण्डसिप फष्ट र कप्यिटसन सेकेण्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको जनाए । स्कुलहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले पनि प्रतियोगिता गर्दै आएको उनले जनाए । 

प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा स्कुलहररुबाट सहभागी भएको आयोजकले  जनाएको छ । 

Related Posts

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni ३ हप्ता अगाडि

माइकल जोर्डनको ‘लास्ट डान्स’ जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्री

काठमाडौँ, २८ असोज । सन् १९९८ को एनबीए फाइनलको ‘लास्ट डान्स’ शृङ्खलाअन्तर्गत दोस्रो खेलमा माइकल जोर्डनले लगाएको जर्सी…

ByByanjana soni ४ हप्ता अगाडि

राेहित पाैडेलकाे शतकमा ओमानलाई नेपालले दियाे २३६ रनकाे लक्ष्य

रोहित पौडेलको शतकमा क्यानडालाई नेपालको २३६ रनको लक्ष्य आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्ध नेपालले २३६ रनको लक्ष्य दिएको…

ByByanjana soni ४ हप्ता अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *