• Home
  • राजनीति
  • चोलेन्द्रशमशेरले बयानमा मुछेका नाम सबैलाई बोलाउने समितिको निर्णय
Image

चोलेन्द्रशमशेरले बयानमा मुछेका नाम सबैलाई बोलाउने समितिको निर्णय


काठमाडौं, भदौ २८ गते
प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञलाई सोधपुछका लागि बोलाउने निर्णय गरेको छ ।

मंगलबार बसेको समिति बैठकले जबराले बयानका क्रममा नाम मुछेका व्यक्तिलाई आवश्यकताका आधारमा बोलाउने निर्णय गरेको हो । जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुसखोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका व्यक्तिलाई समितिले बोलाउने निर्णय गरेको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए ।

जबराले एमाले अध्यक्ष केपी ओली, एमाले उपाध्यक्ष विष्णु पौडेल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, सर्वोच्च्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, बार पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता ओमप्रकाश अर्यालसहितको नाम मुछेका थिए । जबरासँग समितिले आजै बयान लिएर सक्ने तयारी गरेको छ ।

गत १ फागुनमा कांग्रेस र माओवादी केन्द्रका सांसदले जबराविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । उक्त प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबरासँग समितिले बयान लिने क्रम चलिरहेको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ३ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ५ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ५ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *