• Home
  • ताजा समाचार
  • चोरि गरेका चार वटा मोटरसाईकल सहित दुई जना पक्राउ (मोटरसाईकल विवरणसहित हेर्नुहोस्)
Image

चोरि गरेका चार वटा मोटरसाईकल सहित दुई जना पक्राउ (मोटरसाईकल विवरणसहित हेर्नुहोस्)

२९ साउन,

बीरगंज । बिरगंजमा चोरी गरिएका चार वटा मोटरसाईकल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, पर्साको बिरगंज महानगरपालिका वडा नं ३० प्रसोतिपुरमा बस्ने २० वर्षिया आकाश यादब र सोहि ठाउँमा बस्ने २० वर्षीय कृष्ण पटेल रहेको जिल्ला प्रहरी कार्यालय बिरगंजले जानकारी दिएको छ।

प्रहरीका अनुसार, सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा २८ गते बिहिवार अन्दाजी ४ बजे आकाश यादव र केहि व्यक्तिहरुले चोरीको मोटरसाईकलहरु विक्री गर्नको लागि आफ्नै घर अगाडिको खाली जग्गामा लुकाइछिपाई राखिएको बताए।

यधपी प्रहरीलाई विषेस सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मोटरसाईकलको चेसिस नं.MD2A36FY6KCC84888, ई.नं.JLYCKC29608 बा४२ प ५२६३ नम्बरको कालो NS 200 CC को पल्सर, चेसिस नं MD2DHDHZZ5CL17620 ई.नं.DHGB5L04998 ना.१६ प ३३६७ नम्बरको 150 CC को हरियो पल्सर, चेसिस नं MBLHA10EWBGF4659 ई.नं HR10EDBGF03357 ना१४ प ८४ नम्बरको Passion pro र ईन्जिन नम्बर, चेसिस नम्बर नखुलेको ग१प ७६९४ नम्बरको RX YAMAHA चार वटा मोटरसाईकल बरामद गरि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बिरगंजले जानकारी दिएको छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *