Trending

चुनावमा सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति खटिने

1.1kViews
0 Shares

काठमाण्डाै – मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षाकर्मी बाहेक झण्डै दुई लाख ४६ हजार जनशक्ति परिचालन हुँदैछन् । आवश्यक कर्मचारी तथा चुनावको तयारी निरन्तर भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था छ । आयोगको मुख्य कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५ जना, असोज २० गतेसम्म सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालन भैसकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृतसहित नौ जना र निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना कर्मचारी रहनेछन् । मतपत्र रुजु गर्ने, प्याकेजिङ्ग गर्ने तथा मतदान अधिकृतलाई मतपत्र बुझाउने कार्यका लागि थप जनशक्ति आवश्यक पर्ने भएमा निर्वाचन अधिकृतले कर्मचारी काजमा ल्याउन सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ संस्थासँग सम्बद्ध राष्ट्रियस्तरको ट्रेड युनियनका संघ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी, कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा त्यस निर्वाचन क्षेत्रमानखटाइने व्यवस्था छ । चुनाव आउन अब १८ दिन बाँकी छ ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय