चुनावपछि पनि गठबन्धन निरन्तर रहनेछ –वर्षमान पुन
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, २० कात्तिक। चुनावपछि पनि गठबन्धन निरन्तर रहने नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको भनाई छ । कम्तिमा ५ वर्ष गठबन्धन निरन्तर रहने उनको दाबी छ । उनले लोकतान्त्रिक वाम गठबन्धनले रोल्पामा गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका कदमका विरूद्धमा गठबन्धन गरिएको जिकिर गरेका छन् ।
उनले ओलीमा निरंकुश चरित्र भएको आरोप समेत लगाएका छन् । त्यस्तै ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको उनले बताउका छन् । २०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री ओलीको घमण्ड र अहंकारले ५ वर्ष खेर गएको उनको भनाइ थियो।ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पनि पुनको आरोप थियो।
न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप पुनको छ। पार्टीभित्रको अन्तरसंघर्षलाई देखाएर ओलीले दुईपटक संसद विघटन गरेको पुनको भनाइ छ।निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन निर्माण भएको पुनले उल्लेख गरेका थिए। जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको उल्लेख गरेका थिए।
राजनीतिक व्यवस्था परिवर्तनपछि अब मुलुकको आर्थिक अवस्था परिवर्तनको समय आएको उनले बताए। पुनले विगतमा भन्दा विकासका काममा गति आइरहेको पनि बताए। एकात्मक राज्य व्यवस्थाको अन्त्यसँगै स्थानीय तहसमेत अधिकार सम्पन्न भएकाले समन्यायिक विकासको अवधारणा अघि बढेको नेता पुनको भनाइ छ।
मन्त्रीहरुलाई सामान्य कारिन्दाजस्तो व्यवहार गर्ने, सचिवहरुमार्फत काम गरेर पेन्डुलम बनाउने, प्रदेश सरकारहरुलाई मातहतका सरकारजस्तो बनाउने र स्थनीय सरकारको कुनै भाउ नहुने अवस्था ओलीले नै ल्याउएको पुनको भनाई थियो । त्यस्तै बुद्धिजीवीलाई गाली गर्दै हिँड्योेको र आलोचना र सुझावलाई ग्रहण गर्नुको साटो बुद्धिजीवीलाई आऊ बहस गर्न कुन भाषामा आउँछौं भनेर चुनौती दिने गरेको उनले बताएका छन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि