Trending

चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने प्रकाशमान सिंहको दाबी

910Views
0 Shares


काठमाडौं, १४ कात्तिक । चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाई छ । आज काठमाडौंका बानेश्वरमा सोमबार चुनावी अभियानका क्रममा मतदातासँगको भेटघाटका क्रममा नेता सिंहले मुलुकमा राजनीतिक स्थायित्व कायम गरि बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै नेतृत्व गर्ने जिकिर गरेका छन् ।

सत्ता गठबन्धनबाट काठमाडौं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता सिंहले मुलुकमा राजनीतिक अस्थिरताका कारण आम नेपालीको जीवन स्तरमा परिवर्तन आउन नसकेको बताएका छन् । नेता सिंहले अबको निर्वाचनले मुलुकलाई राजनैतिक स्थायित्व प्रधान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न समेत मतदातालाई आग्रह समेत गरेका छन् । उनले राजनीति अस्थिरताकै कारण सुशासन हुन नसकेको भन्दै भ्रष्टाचारले सीमा नाघेको उल्लेख गरेका छन् । प्रशासनिक निकाय सिस्टममा नचल्दा भनसुन बिना काम हुन नसक्ने अवस्था बनेको सिंहको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय