• Home
  • ताजा समाचार
  • चुनावका कारण शनिबार बेलुका ५ बजेदेखि फिल्म हल बन्द हुने
Image

चुनावका कारण शनिबार बेलुका ५ बजेदेखि फिल्म हल बन्द हुने

काठमाडौं, १ मंसिर

 निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मुलुकभरका फिल्म हल शनिबार ५ बजेपछि बन्द हुने भएका छन् । शनिबार सन्ध्या र रात्रिकालीन शो नहुने र आइतबार सम्पूर्ण फिल्म हल बन्द हुने चलचित्र संघका सदस्य सुरेन्द्र थापाले जानकारी दिए ।

क्यूएफएक्ससहितका मल्टिप्लेक्सले शनिबार ५ बजेसम्म मात्रै शो राखेका छन् । निर्वाचनको दिन आइतबार फिल्म हल बन्द हुने र त्यस दिन अत्यावश्यक बाहेकका सवारी साधन पनि चलाउन नपाइने सूचना जिल्ला प्रशासन कार्यालयहरुले जारी गरिसकेका छन् ।

निर्वाचन माहोलका कारण अहिले फिल्म हलहरुको अकुपेन्सीमा समेत गिरावट आइरहेको छ । चलिरहेका फिल्मले समेत दर्शकलाई तान्न सकिरहेका छैनन् ।

तर निर्वाचनपछि फिल्म क्षेत्र लयमा फर्किने देखिएको छ । निर्माताले छायांकनदेखि अन्य कार्यक्रम पनि चुनाव पछाडिलाई तय गर्न थालेका छन् ।

चुनावपछि आउनेछ फिल्मको बाढी

पुस १५ गते आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ र प्रियंका कार्कीको ‘चि मुसी चि’ रिलिज हुनेछन् ।

पुस २९ मा गुञ्जन र तिम्रो मेरो साथ प्रदर्शन हुनेछन् भने फागुनमा ठूला फिल्मबीच प्रतिस्पर्धा हुँदैछ । फागुन ५ गते फूलबारी, परदेशी २ र लण्डन टु पेरिस प्रदर्शनको तयारीमा छन् ।

फागुन १९ मा छक्कापञ्जा ४, छड्के २ र परस्त्री प्रदर्शन तयारीमा छन् । यो मितिमा आउने भनिएको मिलन चाम्सको फिल्म ‘वर एण्ड वधु’को प्रदर्शन पछि सरेको छ । निर्देशक चाम्सले यो फिल्म अर्को वर्ष रिलिज हुने जानकारी दिए । छक्कापञ्जा ४ को बाँकी छायांकन चुनावपछि गर्ने तयारी छ ।

वैशाख १ गते रामबाबु गुरुङको फिल्म ‘जारी’, विकास आचार्यको ‘नाइँ नभन्नु ल ६’ र झरना थापाको ‘भगवत् गीता’ रिलिज हुने तयारीमा छन् ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *