• Home
  • अन्तराष्ट्रिय खबर
  • चीनमा कोरोना संक्रमण बढ्दो क्रममा, स्वास्थ्य स्याहार प्रणाली धराशायी हुने सम्भावना
Image

चीनमा कोरोना संक्रमण बढ्दो क्रममा, स्वास्थ्य स्याहार प्रणाली धराशायी हुने सम्भावना

काठमाडौं, २९ मंसिर ।चीनको कोभिड नीतिमा एक सय असी डिग्री कोणमा परिवर्तन भएपछि चीनका अस्पतालहरू निकै दबाबमा परेका छन् । जसको कारण डाक्टर र नर्सहरूले समेत अस्पतालमा बिरामीलाई कोरोना संक्रमण गर्न सक्ने देखिएको छ । कर्मचारी अभावका कारण अग्रमोर्चाका चिकित्साकर्मीहरूलाई आफैँ भाइरस संक्रमित भएपनि काममा खटिन निर्देशन दिइँदै गरेको देखिन्छ ।

स्वास्थ्य नीतिमा विशेषज्ञता हासिल गर्दै आइरहेका एकजना चिनियाँ प्राध्यापकले अमेरिकाको याले विश्वविद्यालयबाट आफ्नो मुलुकको यो समस्यालाई अनुगमन गरिरहेका छन् । प्राध्यापक चेन सिले बीबीसीलाई भनेका छन्, “अहिलेको प्रणालीमा रहेको ठूलो तनावबारे मैले चीनमा रहेका अस्पतालका निर्देशकहरू र अन्य चिकित्सा कर्मचारीहरूसँग कुरा गरिरहेको छु । संक्रमित मानिसहरूले अस्पतालमा काम गर्नुपर्ने परिस्थितिका कारण त्यहाँ कोरोना भाइरस फैलिने वातावरण बनेको छ । बढ्दो बिरामीको चापका कारण चीनका अस्पतालहरूले हतार हतारमा ज्वरोको उपचार गर्ने वार्डहरू थपिरहेका छन् । तर, त्यस्ता वार्डहरू पनि तुरुन्तै भरिने गरेका छन् । अझै संक्रमित भएपछि घरैमा बस्न सकिने सन्देश प्रवाह नभइसकेकाले पनि अस्पतालमा चाप बढेको हो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *