Trending

चीनको युनान प्रान्तमा पहिरोः ३९ को मृत्यु, ९०० बढी गाउँले बिस्थापित

195Views
0 Shares

काठमाडौं । दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा  यो विपद् आएको हो ।चिसो तापक्रम र हिमपातको बीचमा खोजी र उद्धार कार्य जारी राखिएको  छ।

 घटनास्थलमा एक्साभेटर, ड्रोन र उद्धार गर्ने कुकुरको सहयोगमा १ हजार भन्दा बढी उद्धारकर्ताले काम गरिरहेको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ । बाँचेका दुई जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

 राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्थानीय विज्ञहरूले गरेको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै भनिएको छ कि उक्त पहिरो ठाडो चट्टान क्षेत्रको भत्किएर आएको थियो, जसमा करिब १०० मिटर चौडाइ, ६० मिटर अग्लो र औसत ६ मिटर गहिराइमा भत्किएको थियो।

 प्रारम्भिक स्खलन के कारणले भयो ? भन्ने बारे विस्तृत विवरण दिइएको छैन।सिन्ह्वाले पोष्ट गरेको हवाई तस्बिरहरूले देखाएको छ कि भारी टेरेस्ड पहाडको छेउमा गाउँका धेरै घरहरू खसेको छ। ९०० भन्दा बढी गाउँलेलाई स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Fair
5:39 am6:51 pm +0545
Feels like: 27°C
Wind: 8km/h N
Humidity: 31%
Pressure: 1005.08mbar
UV index: 0
2 am3 am4 am5 am6 am
25°C
25°C
24°C
23°C
24°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
40°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय