• Home
  • राजनीति
  • चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले ओली र प्रचण्डलाई भेटे
Image

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले ओली र प्रचण्डलाई भेटे


काठमाडौं, भदौ २८ गते
काठमाडौं, २८ भदौ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन् । संसद भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । प्रचण्ड र ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुअघि उनले मंगलबार बिहान चान्सुले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए । नेपाल आएलगत्तै सोमबार साँझ चान्सुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए । सभामुख सापकोटाको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *