• Home
  • समाचार
  • चाैतारी परिवारद्वारा श्रद्धान्जली अर्पण

चाैतारी परिवारद्वारा श्रद्धान्जली अर्पण

प्रेस चौतारी शाखा अध्यक्ष कार्कीको बुवाप्रति चौतारी परिवारद्वारा श्रद्धाञ्जली अर्पण
असोज-
फत्तेपुर/ सप्तरी
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का सचिव देबेन्द्र कार्की र प्रेस चौतारी नेपाल शाखा सप्तरीका अध्यक्ष खगेन्द्र कार्कीको बुवाप्रति चौतारी शाखा सप्तरी परिवारले श्रद्धाञ्जली अर्पण गरेका छन।
चौतारीको केन्द्रिय सल्लाहकार सदस्य मनोहर कुमार पोखरेलको नेतृत्वमा आज सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरस्थित उहाँको निवासमा चौतारी शाखा सप्तरी परिवारले श्रद्धाञ्जली अर्पण गरेका हुन।कार्कीको बुवा अम्बर बहादुर कार्कीको यही असोज ३ गते ७४ वर्षको उमेरमा निधन भएको हो।
भोजपुर जिल्लाको आमचोक गाउँपालिका-१ सिमन्तुवा निवासी पिता गुमानसिंह (केशरजंग) र आमा रत्नमायाको कोखबाट वि.स. २००४ चैत ४ गते मङ्गलबार पुत्ररत्नका रुपमा जन्मनुभएका कार्की हाल सप्तकोसी नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा हो।
उहाँका श्रीमतिहरु बसन्तदेवी, रामकुमारी र पूर्णमाया, ६ भाई छोराहरु शंकर, विश्राम, देबेन्द्र, राजेन्द्र, खमेन्ट, जीवन, बुहारीहरु गोमा, इन्दिरा, सुलोचना, राधा, पुष्पा, ३ छोरीहरु तिथे, गीता, एण्डिसा, ज्वाईंहरु श्रीकुमार, राजन, १३ नातिनातिनाहरू र १ पनाति छन।
चौतारीको केन्द्रिय सल्लाहकार समिति सदस्य मनोहर कुमार पोखरेल ज्युको नेतृत्वमा पुनम पोखरेल,उत्तम आचार्य,पिन्टु यादव,डम्बर राई,नवीन यादव,शिव आचार्य,उत्सव आचार्य र सप्तकोसी नगर प्रमुख उत्तम गौतम समेत सहभागीता रहेको थियो।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *