• Home
  • समाचार
  • चाडबाडका बेला गण्डकी प्रदेशमा तीन सय ६० प्रहरीले सुरक्षा दिने, बन्यो रणनीति
Image

चाडबाडका बेला गण्डकी प्रदेशमा तीन सय ६० प्रहरीले सुरक्षा दिने, बन्यो रणनीति


काठमाडौं ,१० असोज ।
चाडपर्वका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशभर चेकजाँच र उद्धारमा जोड दिइएको छ । चाडपर्वको समय अवधिभर ६७ ठाउँमा स्थायी ड्युटी हुनेछ भने ५१ ठाउँमा नियमित चेकिङ गरिने छ । २८ ठाउँबाट मादक पदार्थ सेवन गरे नगरेको जाँच गरिने छ । गण्डकीका ११ जिल्लाका ३३ ठाउँमा यात्रु सहायता कक्ष राखिने ट्राफिक प्रहरीले जनाएको छ ।

१५ वटा मोवाइल गस्ती, १२ वटा क्यूआरटी परिचालन हुनेछ भने १२ वटा राजमार्ग र ग्रामिण गस्ती गरिने छ । विपद् उद्धारका लागि १२ वटा टोली खटाइने छ । सबै कामका लागि तीन सय ६० जना ट्राफिक प्रहरी परिचालन हुने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

चाडपर्वमा सवारी दुर्घटना बढी हुने भन्दै त्यसलाई न्यूनीकरण गर्न समयमै सचेतनाका कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । पछिल्लो समय सवारीसाधनको प्रयोगबाट अपराध धेरै हुने गरेको भन्दै नियन्त्रणलाई जोड दिइएको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *