• Home
  • ताजा समाचार
  • चलचित्र विकास बोर्डको महिला समिति सदस्यमा अभिनेत्री पूजा शर्मा नियुक्त
Image

चलचित्र विकास बोर्डको महिला समिति सदस्यमा अभिनेत्री पूजा शर्मा नियुक्त

काठमाडौं  पुष १४

अभिनेत्री पूजा शर्मा फिल्म निर्माणको तयारीसँगै व्यवसायमा व्यस्त छिन् । अनमोल केसीलाई लिएर फिल्म बनाउने उनको तयारी छ ।

यसबाहेक ललितपुर झम्सिखेलमा उनले नयाँ व्यवसाय थालेकी छन् । यतिबेला भने पूजालाई लिएर नयाँ खबर छ । उनी चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् ।

हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो ।

एक दशकदेखि पूजा फिल्म करिअरमा व्यस्त छिन् । बोर्डले बुधबार मात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्धय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २३ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *