Image

चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत गरिँदै 

खोटाङ, ११ असोज । काम छाडेर ठेकेदार वेपत्ता भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकले खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड मर्मत सुरु गरेको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी, काठमाडाैँ सम्पर्कविहीन बनेपछि स्वयं कार्यालयले मर्मत सुरु गरेको हो । वर्षाको समयमा झरेको पहिरो पन्छाएर निर्वाधरुपमा सवारी साधन सञ्चालनमा ल्याउनेगरी सडक मर्मत सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले जनाएको छ । 

विशेषगरी दशैंतिहार र छठ जस्ता चाडवाडको बेला हुने आवात–जावतलाई मध्यनजर गर्दै बिहिबारदेखि सडक मर्मत सुरु गरिएको सव–इन्जिनियर केशव पौडेलले बताए । निर्माण व्यवसायी सडक कालोपत्रेको काम अलपत्र छाडेर नफर्किएकाले स्यवं पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाले निर्माण कम्पनीको दायित्वभित्रको काम सुरु गरेको हो ।

सडक मर्मतका विषयमा शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईं, डीएसपी मञ्जिल मुकारुङ लगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् । 

काठमाडाैँ–खोटाङ–भोजपुर यात्रा गर्ने यात्रुले सेखुवा–चखेवाभञ्ज्याङ सडक पार गर्नुपर्ने हुन्छ । तर निर्माण कम्पनीले अलपत्र पारेको सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । वर्षा याममा सडकमा सवारी साधन नगुड्दा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन कठिन हुने गरेको स्थानीय बताउँछन् ।

चखेवाभञ्ज्याङबाट सेखुवा हुँदै दिक्तेलसम्मको (४६ किलोमिटर) सडक खण्ड मर्मत गरिने सव–इन्जिनियर पौडेलले बताए । चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको तेश्रोपल्ट थप भएको म्याद सकिँदा करिब ३५ प्रतिशत मात्र काम भएको छ । तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते सकिएको थियो । 

चखेवाभञ्ज्याङ–दिक्तेल सडकको पाँच प्याकेजमध्ये चखेवाभञ्ज्याङ–सेखुवा खण्डको काम अलपत्र परेको हो । चार प्याकेज (सेखुवा–दिक्तेल ३६ किलोमिटर) कालोपत्रेको काम भने रमन–गोल्डेन गुड जेभीले सम्पन्न गरिसकेको छ । 

Related Posts

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ महिना अगाडि

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal ३ महिना अगाडि

सशस्त्र प्रहरी जवानले किशोरी भगाएको आरोपमा पक्राउ घटनाबारे थप अनुसन्धान भइरहेको छ!

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ शिशुवाकी एक १५ वर्षीया किशोरीलाई प्रेम सम्बन्धको बहानामा भगाएको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ…

ByBySulav Rijal ३ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *