घट्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, भदौ २७ गते
सुनको मूल्य सोमबार तोलामा ३०० रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकोमा सोमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसैगरी तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ रहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ रहेको थियो ।
सुनको मूल्य घटे पनि सोमबार पनि चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएको छ । महासंघले सोमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि