• Home
  • अर्थ
  • ग्लोबल आएमई लघुवित्तले सार्वजनिक गर्यो पहिलो त्रैमासिक विवरण, नाफामा वृद्धि
Image

ग्लोबल आएमई लघुवित्तले सार्वजनिक गर्यो पहिलो त्रैमासिक विवरण, नाफामा वृद्धि

काठमाडौं ।ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  कर्जा र साँवाको असुली दरमा निरन्तर गिरावट हुँदा लघुवित्तको प्रथम त्रैमासमा वितरणयोग्य मुनाफा ऋणात्मक भएको हो। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ६७ लाख ७२ हजारले ऋणात्मक भएको हो ।समीक्षा अवधिमा संस्थाले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २७.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २६.७४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड ८३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ४ करोड ८६ लाख रुपैयाँ भएको छ। पहिलो त्रैमासमा संस्थाले १५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १३ करोड ६८ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि १३.८५ प्रतिशतले बढेको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.७६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल २.७३ प्रतिशत थियो। खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर ४ करोड ६९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो चार्ज ३ करोड ८४ लाख रुपैयाँ थियो। चुक्तापुँजी ६१ करोड ८९ लाख रुपैयाँ संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार ८ प्रतिशतले घटेर ५० करोड ४३ लाख रुपैयाँमा खुम्चिन पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५४ करोड ८२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले ३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। संस्थाको वार्षिकीकृत ईपीएस बढेर २१.९८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १९.३६ रुपैयाँ थियो। पीई रेसियो ३९.७६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८१.८५ रुपैयाँ रहेको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *