• Home
  • राजनीति
  • गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता छैन– माधव नेपाल
Image

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता छैन– माधव नेपाल

काठमाडौं, २९ मंसिर । गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।​ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिएपनि त्यसमा सत्यता नभएको बताएका हुन् ।उनले गैर राजनीतिक बौद्धिक, सामाजिक, प्राज्ञिक व्यक्तिलाई राष्ट्रपति बनाउन संविधानबाट रोकावट नभएपनि अहिले त्यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् । उनले राष्ट्रपतिका लागि राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने नभएको नेता नेपालको भनाइ छ ।

मंसिर ४ मा सम्पन्न आम निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अध्यक्ष नेपालले बताएका छन् ।उनले ‘निर्वाचनको अन्तिम परिणाम आयोगले राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको ढोका खुल्ने र त्यसपछि सरकार गठनका लागि दलहरुले पनि केही प्रक्रिया पुरा गर्नुपर्ने जिकिर गरेका छन् । त्यो प्रक्रिया पुरा गरेर सत्ता गठबन्धन सरकार गठन गर्न लाग्ने नेता नेपालको भनाई छ । अहिलेसम्म सत्ता गठबन्धनबीच पावर सेयरिङबारे कुनै छलफल नभएको अध्यक्ष नेपालले बताएका छन् ।

उनले सत्ता गठबनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी धेरै देखिएकाले नयाँ सरकार गठनमा केही ढिलाई हुनसक्ने पनि बताएका छन् ।पावर सेयरिङमा आफ्नो पार्टीले सम्मानजनक हैसियत खोज्नु स्वाभाविक रहेको अध्यक्ष नेपालको भनाइ छ । नेकपा एमालेसँग सहकार्यको सम्भावनाबारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले एमालेबाट सहकार्यका लागि अहिलेसम्म कुनै ठोस प्रस्ताव नआएको जनाएका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *