• Home
  • राजनीति
  • गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कुरामा कुनै सत्यता छैन –प्रचण्ड
Image

गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कुरामा कुनै सत्यता छैन –प्रचण्ड


काठमाडौं पुस ४ गते । गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनासम्म गर्न नसकिने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।आइतबार पार्टी पदाधिकारी बैठकमा प्रचण्डले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कुरामा कुनै सत्यता नभएको बताएका हुन्। उनले राष्ट्रपति राजनीति बुझेको मान्छे हुनुपर्ने र दलकै व्यक्ति हुनुपर्ने जिकिर गरेका छन्।

अध्यक्ष प्रचण्डले सबैलाई एकताबद्ध भएर अघि लैजान आफूले प्रधानमन्त्रीमा दाबी गरेको बताए। उनले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन्। निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै त्यसतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *