• Home
  • Uncategorized
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको सम्बोधन नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले गर्ने
Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको सम्बोधन नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले गर्ने

लन्डन, २४ साउन 
गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको सम्बोधन नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले गर्ने भएका छन् ।

मिलाप, ‘टुगेदर वी स्ट्याण्ड’ नारासहित आयोजना हुने सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने आयोजकले जानकारी दिएको छ । सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक एनआरएनए थाइल्याण्डले जनाएको छ ।

अगस्ट २६ देखि २८ सम्म बैंककको मिलिनियम हिल्टन होटलमा हुने सम्मेलनलाई श्रममन्त्री शेरबहादुर कुँवर,  एमाले सांसद डा सूर्य पाठक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, व्यवसायी राजेन्द्र खेतानलगायतले सम्बोधन गर्ने एशिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलले जानकारी दिए ।

सम्मेलनमा चीन, म्यानमार, थाइल्याण्ड र मलेसियाका लागि नेपाली राजदूतहरु, व्यवसायी, संचारकर्मी, वर्तमान अध्यक्षहरु तथा पदाधिकारीहरु, पूर्वअध्यक्ष, नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति हुनेछ ।

संघका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनमा भाग लिन जानेहरुले छिटो भन्दा छिटो होटल बुकिङ गर्न आग्रह गरेका छन् । नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थल लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले थाइल्याण्डका पर्यटन मन्त्रीलाई नै कार्यक्रममा सहभागी गराउने तयारी रहेको बस्नेतले जानकारी दिए ।

५० जनाभन्दा बढी वक्ता रहने सो गैरआवासीय नेपाली संघका मुख्य मुद्दाहरु नेपाली नागरिकताको निरन्तरता, मताधिकारको अधिकार, नेपालमा लगानी तथा महिला र युवाहरुका समस्या र समाधानको विषयमा सम्मेलन केन्द्रीत हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।

सो सम्मेलनमा बिभिन्न विषयगत विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्ने संघले जनाएको छ । सम्मेलनमा नेपालका चर्चित कलाकारहरुले समेत आआफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय कलाकारका अतिरिक्त, नेपालका चर्चित गायक कुमार पुन, हाँस्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कोइराला, भरतमणी पौडेल, श्याम सितललगायतको प्रस्तुत रहनेछ ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *