गृहमन्त्री खाणले दिए क्रिसमसको शुभकामना
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, पुस १० गते । गृहमन्त्री बालकृष्ण खाणले धइसाई र्मावलम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देशमार्फत् उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको र विविधतायुक्त सबै जाति, भाषा, धर्म, समूदाय र संस्कृतिको संरक्षण गर्न तथा तिनीहरूको प्रवद्र्धन गर्न सरकार सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि