• Home
  • ताजा समाचार
  • गुनासो नआउने गरी सार्वजनिक सेवालाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन
Image

गुनासो नआउने गरी सार्वजनिक सेवालाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाण्डाै पुस १८

 उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहान भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले नागरिकको गुनासो नआउने गरी सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो ।

सेवा प्रवाहमा टाइमकार्ड लागू गर्न गृहमन्त्रीको सुझाव छ । राष्ट्रिय परिचयपत्र एवम् राहदानी वितरणमा सहजीकरण गरी काठमाण्डौ आउन नपर्ने वातावरण सिर्जना गर्न पनि उहाँले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

१५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन पनि गृहमन्त्रीले निर्देशन दिनुभएको गृहमन्त्रालयका सहसचिव भीष्मकुमार भूसालले जानकारी दिनुभयो । गृहमन्त्रीले चिसोबाट नागरिकलाई जोगाउनको लागि योजनाबद्ध ढङ्गले काम गर्न पनि निर्देशन दिनुभएको ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । शीतलहरबाट नागरिकलाई जोगाउन पूर्व तयारी एवम् प्रतिकार्यको काममा ध्यान दिन पनि गृहमन्त्रीले निर्देशन दिनुभएको छ ।

गृहमन्त्री लामिछानेले शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिनुभएको छ । कुनै पनि तस्कर, विचौलिया वा अवैध निकासी पैठारीकर्तालाई कुनै खालको संरक्षण हुन नदिन पनि गृहमन्त्रीले निर्देशन दिनुभएको छ ।

गृहमन्त्रीले मिटरब्याजी र नागरिकताविरुद्धका उजुरी छानबिनलाई तीव्रता दिन तथा जुनसुकै माध्यमबाट दर्ता भएका उजुरीहरुमाथि छानबिन गर्न निर्देशन दिनुभएको सहसचिव भूसालले जानकारी दिनुभयो । 

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni २ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *