• Home
  • राजनीति
  • गरेर खान चाहनेका लागि देशमा बाँच्नै नसक्ने अवस्था छ – सीके राउत
Image

गरेर खान चाहनेका लागि देशमा बाँच्नै नसक्ने अवस्था छ – सीके राउत


काठमाडौं माघ ११ गते । प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहनेका लागि देशमा बाँच्नै नसक्ने अवस्था र‍हेको सत्तारुढ जनतम पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके)ले बताएका छन् ।नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको घटनाप्रति दुख व्यक्त गर्दै उनले यस्तो बताएका हुन ।

अध्यक्ष राउतले नयाँ पार्टी र पात्रले समेत केही आशा जगाउन नसक्नु दुःखद भएको बताएका छन्। अध्यक्ष राउतले अल–तैयब मोहम्मद बौउजीजीको आत्महदाहले ल्याएको अरब क्रान्ति जस्तै नेपालमा पनि आचार्यको आत्मदाहबाट भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा क्रान्ति ल्याउने हो कि भन्ने आशा गरेका छन्।

उनले समाजिक सञ्जालमा लेखेका छन् , प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। अझ हामी नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दुःखद छ। हार्दिक श्रद्धाञ्जली ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *