• Home
  • राजनीति
  • गण्डकीमा ५ दलले प्रतिनिधित्व गर्दै, माओवादी सरकार निर्माणमा निर्णायक
Image

गण्डकीमा ५ दलले प्रतिनिधित्व गर्दै, माओवादी सरकार निर्माणमा निर्णायक


काठमाडौं, २२ मंसिर । गत मंसिर ४ गतेको निर्वाचनबाट गण्डकी प्रदेशसभामा ४ दलले थ्रेसहोल्ड कटाए पनि ५ दलको प्रतिनिधित्व हुने भएको छ । प्रदेशमा निल भएको नेकपा एकीकृत समाजवादीले मनाङ (२)बाट स्वतन्त्र निर्विरोध निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पार्टी प्रवेश गराएसँगै ५ दलको प्रतिनिधित्व हुने भएको हो ।

थ्रेस होल्ड कटाउनेमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पुरानै दल हुन् । ०७४ मा निल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यस पटक थ्रेस होल्ड कटाएको छ । प्रत्यक्ष निर्वाचनमा निल भएको एकीकृत समाजवादीले मनाङेलाई पार्टी प्रवेश गराएर प्रदेश सभामा उपस्थिति देखाएपनि थ्रेस होल्ड कटाउन सकेन । प्रदेशसभा तर्फ ०७४ मा राष्ट्रिय जनमोर्चा र तत्कालीन बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीले थ्रेस होल्ड कटाएर समानुपातिकमा १÷१ सिट पाए पनि यस पटक कटाएनन् । बाबुराम नेतृत्वको पार्टी माओवादी चुनाव चिन्ह लिएर चुनावमा गयो भने राष्ट्रिय जनमोर्चाले प्रदेशसभा तर्फ प्रत्यक्षमा उम्मेदवार नै उठाएनन् ।

कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरि २७ सिट जितेर पहिलो दल बन्न सफल भएको छ । ०७४ मा प्रदेशमा प्रत्यक्ष तर्फ ६ र समानुपातिबाट ९ गरी १५ सिट जितेको कांग्रेसले यस पटक प्रत्यक्षमा तेब्बर सिट जितेको हो । समानुपातिकमा भने उस्तै सिट सुरक्षित गरेको हो ।

०७४ प्रदेशसभामा पहिलो दल बनेको एमाले दोस्रो स्थानमा खुम्चिएको छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० गरि २२ सिटमा जितेको छ । ०७४ मा प्रत्यक्ष तर्फ १७ र समानुपातिक तर्फ १० सिट सहित २७ सिट जितेको एमाले यसपटक विगतको सिट गुमाएको हो । माओवादी केन्द्रले पनि विगतको सिट गुमाएको छ । ०७४ प्रदेशसभा तर्फ ९ र समानुपातिकको ३ सिट गरी १२ सिट जितेको माओवादीले यसपटक प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिट जित्न सफल भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशमा उदय भएको छ । प्रत्यक्षमा कुनै पनि सिट नजितेपनि समानुपातिकमा २ सिट पाएर गण्डकीको चौथौं ठुलो शक्ति बनेको छ । सत्ता गठबन्धनका मुख्य दुई दल कांग्रेस र माओवादीले सरकार गठन गर्न आवश्यक बहुमत संख्या पार गरेका छन् । ती दुई पार्टी मिल्दा बहुमतको सरकार बन्न सक्छ । यदी सत्ता गठनबन्धन भत्किएर एमालेको नेतृत्वमा सरकार गठन भए माओवादी, राप्रपा र एकीकृत समाजवादी पार्टी निर्णयक देखिन्छ । मुलतः गण्डकीमा ८ सिट पाएको माओवादी सरकार गठनमा निर्णयक देखिएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *