काठमाडौं पुस १४
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद अजयकुमार चौरसियाले गठबन्धन भत्किएर सत्ता गुम्नुमा सभापतिको कुनै दोष नभएको बताएका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्थिर प्रवृत्तिका कारण गठबन्धन भत्किएको उनको भनाइ छ । ‘आफूलाई अप्ठ्यारो भएका बेला गठबन्धन बनाउन खोज्न ?,’ उनको प्रश्न छ, ‘परिस्थिति बदल्ने अवस्था आउँदा साथ गठबन्धन छाडेर धोका दिने प्रवृत्ति प्रचण्डजीमा देखियो ।’ चौरसियका अनुसार एमाले र माओवादीका दोस्रो तहका नेताबीच पहिले नै गठबन्धन टुटाउने सहमति भइसकेको थियो । ‘पार्टी सभापतिलाई दोष देखिएर हुँदैन । पहिलो पार्टीका नेताले सरकारको नेतृत्व छाड्न हुँदैन भनेर धेरै साथीहरुले सल्लाह दिएका थिए,’ उनी भन्छन्, ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नै आफ्नो नेतृत्वमा सरकार बनाउने संस्थागत निर्णय गरेको थियो ।’‘पार्टी सभापतिलाई दोष देखिएर हुँदैन । पहिलो पार्टीका नेताले सरकारको नेतृत्व छाड्न हुँदैन भनेर धेरै साथीहरुले सल्लाह दिएका थिए,’ उनी भन्छन्, ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नै आफ्नो नेतृत्वमा सरकार बनाउने संस्थागत निर्णय गरेको थियो ।’












