• Home
  • ताजा समाचार
  • गठबन्धन भत्किएर सत्ता गुम्नुमा सभापतिको कुनै दोष छैन : नेता चौरसिया
Image

गठबन्धन भत्किएर सत्ता गुम्नुमा सभापतिको कुनै दोष छैन : नेता चौरसिया

काठमाडौं पुस १४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद अजयकुमार चौरसियाले गठबन्धन भत्किएर सत्ता गुम्नुमा सभापतिको कुनै दोष नभएको बताएका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्थिर प्रवृत्तिका कारण गठबन्धन भत्किएको उनको भनाइ छ । ‘आफूलाई अप्ठ्यारो भएका बेला गठबन्धन बनाउन खोज्न ?,’ उनको प्रश्न छ, ‘परिस्थिति बदल्ने अवस्था आउँदा साथ गठबन्धन छाडेर धोका दिने प्रवृत्ति प्रचण्डजीमा देखियो ।’ चौरसियका अनुसार एमाले र माओवादीका दोस्रो तहका नेताबीच पहिले नै गठबन्धन टुटाउने सहमति भइसकेको थियो । ‘पार्टी सभापतिलाई दोष देखिएर हुँदैन । पहिलो पार्टीका नेताले सरकारको नेतृत्व छाड्न हुँदैन भनेर धेरै साथीहरुले सल्लाह दिएका थिए,’ उनी भन्छन्, ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नै आफ्नो नेतृत्वमा सरकार बनाउने संस्थागत निर्णय गरेको थियो ।’‘पार्टी सभापतिलाई दोष देखिएर हुँदैन । पहिलो पार्टीका नेताले सरकारको नेतृत्व छाड्न हुँदैन भनेर धेरै साथीहरुले सल्लाह दिएका थिए,’ उनी भन्छन्, ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नै आफ्नो नेतृत्वमा सरकार बनाउने संस्थागत निर्णय गरेको थियो ।’

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni २ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *